कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई आज उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न – Sagarmathapana:: Online News Portal

कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई आज उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न

   २०८१ कार्तिक २३ गते  

काठमाडौं :छठको विधि कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई आज उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठपर्व सम्पन्न गरिएको छ। जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व सम्पन्न भएको हो।

यसअघि बिहीबार साँझ व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए। उनीहरूले ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाँजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाकीमा राखी परिवारका सम्पूर्ण सदस्यसहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन्।

पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति तथा मनोकांक्ष पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक सूर्यदेव र छठी माताको आराधना गर्ने परम्परा छ। ​मिथिलाञ्चलको महान् पर्व छठ अहिले तराई-मधेशका साथै काठमाडौं उपत्यकामा समेत विस्तार भएको छ ।

छठको विधि कार्तिक शुक्ल चतुर्थीमा आरम्भ भई सप्तमीमा समापन हुन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै