नेपाली र भारतीय चर्चित कलाकारहरू अभिनीत फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक
काठमाडौं / फिल्म ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक गरिएको छ। नेपाली र भारतीय फिल्मका चर्चित कलाकारहरू अभिनीत फिल्मका ट्रेलरमा अधिकांश कलाकारहरूलाई देखाइएको छ। चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक भएको हाे । सार्वजनिक ट्रेलरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्धलाई देखाइएको छ ।
ह्रस्व दीर्घ’ कात्तिक ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउदै छ।चलचित्रमा अभिनेता हरिहर अधिकारी, अभिनेत्री नीता ढुंगाना, रेखा थापा, विपना थापा, साउथका कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय रहेको छ ।
चलचित्रमा हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । फिल्मको बजेट ६ करोड रहेको बताइएको छ। ‘












