बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने – Sagarmathapana:: Online News Portal

बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने

   २०८१ कार्तिक २२ गते  

काठमाडौं। ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शोटपरको रुपमा बलिउडकी चर्चित अभिनेत्री उर्वशी रौटेला नेपाल आउने भएकी छन्।

होटल याक एण्ड यतिमा आगामी १४ डिसेम्बरमा आयोजना हुने फेसन शो हेल्दी च्वाइस ‘ग्ल्याम नेपाल इन्टरनेशनल २०२४’मा शोटपरको रुपमा सहभागी हुन रौटेला नेपाल आउने भएकी हुन्। तीन सिजन भब्य रुपमा सम्पन्न भैसकेको ‘ग्ल्याम नेपाल इन्टरनेशनल’को यो चौथो सिजन हो।

ट्रयु स्किन एण्ड हेल्दी च्वाइस मुख्य प्रायोजक रहेको फेसन शोमा सहभागीका लागि मोडलको आवेदन खुल्ला गरिएको छ। आयोजक प्रारम्भ प्रोडक्सनले बुधबार एक बिज्ञप्ती जारी गर्दै मोडलका लागि आवेदन खुल्ला भएको जानकारी दिएको हो।

शोमा सहभागी हुन चाह मोडलले इसेवा एप मार्फत आवेदन फर्म भर्न सक्नेछन्। शोमा सहभागी मोडलहरुमा फिमेलका लागि ५.४ फिट र मेलका लागि ५.१० फिट हाइट माथि हुनुपर्ने प्रावधान छ।

शोका लागि मोडल छनौट अडिसन ९ नोभेम्बरमा होटल हिमालयनमा आयोजना हुनेछ। जसबाट ६ मेल र २४ फिमेल गरेर ३० मोडल छानिने आयोजक प्रारम्भ प्रोडक्सनका फाउन्डर निर्देशक पवन आचार्यले जानकारी दिए।

नेपालका उत्कृष्ट डिजाइनरहरुले तयार पारेको आकर्षक र नयाँ फेसनका डिजाइनहरु फेसन शोमा बिभिन्न सिक्वेलमा प्रस्तुत हुनेछ। फेसन नयाँ र आकर्षक पहिरनको बारेमा फेसन प्रेमीलाई जानकारी दिने र फेसन डिजाइनरलाई प्रोत्साहन गर्ने उदेश्यले फेसन शो आयोजना गर्न लागिएको हो।

फेसन शोमा ब्यवसायी, कलाकार, मोडल लगायतका बिभिन्न ब्यक्तिहरुको सहभागीता रहनेछ।
शोको उत्कृष्ट मोडल तथा डिजाइनरले अष्ट्रेलियामा हुने ग्ल्याम इन्टरनेशनलमा सहभागीको अवसर प्राप्त गर्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै