पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा करिब पाँच करोड ग्रसकलेक्सन गर्यो – Sagarmathapana:: Online News Portal

पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा करिब पाँच करोड ग्रसकलेक्सन गर्यो

   २०८१ कार्तिक २१ गते  

काठमाडौं। वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टका अनुसार चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले पाँच दिनमा चार करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

चलचित्रले सोमबारसम्म ४ करोड ८७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमै निर्माताले लगानी उठाएर नाफामा गएको वितरकको दाबी छ । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाख रुपैयाँमा निर्माण भएको हो । चलचित्रले आक्रामक कलेक्सन गरिरहेको छ ।

चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।

सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै