निर्माण सामग्री सडकमा राखिएको पाईए पछी डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना
काठमाडौँ । महानगरको वडा नम्बर ३२ अन्तर्गत वाग्मती करिडोरमा पेटी निर्माणको क्रममा निर्माण सामग्री सडकमा राखिएको पाईए पछी डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरपालिकाले बुधबार सो कारबाही गरिएको हो ।
सार्वजनिक सडकमा निर्माण सामग्री राखेर आवागमनमा अवरोध पुर्याउने कामका लागि महानगर प्रहरी बलले डुकुचु निर्माण सेवा प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।
महानगरपालिकाले सार्वजनिक स्थल र सडकमा निर्माण सामग्री राखेर अवरोध पुर्याउने तथा यातायातमा समस्या निम्त्याउने गतिविधिहरूलाई रोक्न कडा कदम चाल्ने गरेको छ ।












