जुवा तास खेलिरहेको अवस्थामा सुनसरीमा १५ जना पक्राउ – Sagarmathapana:: Online News Portal

जुवा तास खेलिरहेको अवस्थामा सुनसरीमा १५ जना पक्राउ

   २०८१ कार्तिक २० गते  

काठमाडौं।जुवा तास खेलिरहेको अवस्थामा १५ जनालाई जिल्ला 
प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ। 
कात्तिक १८ गते आइतबार बिहान बराहक्षेत्र नगरपालिका ३ नडाहा
स्थित जीवन कार्कीको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा 
लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा ललितपुर सातदोबाटो निवासी ४४ वर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका-१ निवासी ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ निवासी २७ वर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र-३ निवासी ३२ वर्षीय बिदुर कार्की, ४४ वर्षीय दिनराज राई, २४ वर्षीय मान बहादुर कार्की, बराहक्षेत्र-८ निवासी ४९ वर्षीय खड्ग बहादुर विष्ट, रामधुनी नगरपालिका-५ निवासी ४६ वर्षीय गौरी शङ्कर लुइटेल, बराहक्षेत्र-३ निवासी ४५ वर्षीय रेवत थापा, ३४ वर्षीय खगेन्द्र कार्की, ३० वर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ निवासी ४५ वर्षीय जीवन कार्की, हतुवागडी-७ निवासी ३५ वर्षीय ज्ञान बहादुर राई, र भोजपुर आमचोक निवासी ४१ वर्षीय दुर्गाराज राई रहेका छन्।

प्रहरीले जुवाको खालबाट ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ नगद र २२ बुङ तास बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै