अमेरिकाले डीभी भर्ने समय दुई दिन थप गर्यो – Sagarmathapana:: Online News Portal

अमेरिकाले डीभी भर्ने समय दुई दिन थप गर्यो

   २०८१ कार्तिक १९ गते  

काठमाडौँ :अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ।

अमेरिकाले डाइभर्सिटी भिसा डीभी २०२६ को लागि आवेदन दिने समय दुई दिन थप गरेको हो। नेपालस्थित अमेरिकी दूतावासका अनुसार यसअघि ५ नोभेम्बर २०२४ सम्म कायम गरिएको समयावधि दुई दिन थपेर ७ नोभेम्बरसम्म बढाइएको जनाएको छ।

दूतावासका अनुसार असोज १६ गते बुधबार राति ९:४५ बजेदेखि डिभी कार्यक्रममा आवेदन खुल्ला गरिएको थियो। डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट गरिने अमेरिकी दूतावासले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै