यम पञ्चक सकिए पनि आज तिहार बिदा – Sagarmathapana:: Online News Portal

यम पञ्चक सकिए पनि आज तिहार बिदा

   २०८१ कार्तिक १९ गते  

काठमाडौं–तिहारको मुख्य दिन आइतवार दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको छ । कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार आइतवार भाइटीकासंगै सकिएको हो ।

सरकारले आज पनि तिहारकै बिदा दिएको छ । आइतवार नै यम पञ्चक सकिए पनि आज सोमवार सरकारी कार्यालय खुल्ने छैनन् ।

अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राजपत्रमा कात्तिक १५ देखि १९ गतेसम्म तिहार बिदा उल्लेख छ । १५ गते लक्ष्मीपूजा, १७ गते गोवर्धन पूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइटीका (किजापूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन ।

त्यसैले देशभरका कार्यालय भने मंगलवार मात्रै खुल्नेछन् । २०७७ सालको तिहारमा तिथिको घटबढका कारण भाइटीका कहिले लगाउने भन्ने विवाद भएको थियो । उक्त वर्ष पञ्चाङ्ग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भाइटीका उल्लेख थियो । नेवार समुदायले मंसिर २ गते किजापूजा गरेको थियो । त्यसैले सरकारले तिहारको विदा एक दिनथप गरेको थिया े। त्यसयता तिथि घटबढ नहुँदा अर्थात् भाइटीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै