थाइ एयर एसियाको आजबाट औपचारिक रुपमा भैरहवा–बैंकक उडान सुरु – Sagarmathapana:: Online News Portal

थाइ एयर एसियाको आजबाट औपचारिक रुपमा भैरहवा–बैंकक उडान सुरु

   २०८१ कार्तिक १८ गते  

काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–बैंकक उडान औपचारिक रुपमा थाइ एयर एसियाले आजबाट सुरु गरेको छ। बिहान ६ः५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

“सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयरबस ए–३२० गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भने, “अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।”

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडाँैमा सुरु गर्न अनुमति पाएलगत्तै उडान सुरु भएकाले टिकट बिक्रीलगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडादर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७ः४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ । विमानस्थलका प्रवक्ता राउतका अनुसार यो एयरलाइन्सले अब अर्को उडान ८ नोभम्बर (मंसिर २३ गते) गर्नेछ ।

योसँगै नोभेम्बर ९ बाट जजिरा एअरले पनि साताको २ दिन उडान गर्ने तयारी गरेको प्रवक्ता राउतले बताए ।A

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै