महाकवि देवकोटाको ११६औं जन्मजयन्तीको उपलक्ष्यमा सुसेली साहित्यिक प्रतिष्ठानको रचना वाचन कार्यक्रम सम्पन्न
२०८१ कार्तिक १५ गते काठमाडौं। रामराजा के सि
सुसेली साहित्यिक प्रतिष्ठानले आफ्नो स्थापनमा दिवसका अवसर पारेर रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्तीको उपलक्ष्य र संस्था स्थापा भएको११६औं वार्षिक उत्सव पारेर कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रममा सभापतित्व संस्थाका अध्यक्ष आवेश मिश्र र विशेष अतिथि वडा नं ३ का वडा अध्यक्ष प्रचण्डमान सिंह बस्नेत, वडा नं ४ का वडा अध्यक्ष पुस्कर खड्का लगाएत स्थानीय साहित्यकार डा. शेखरकुमार श्रेष्ठ, साहित्य प्रमीहरू रामकुमार बस्नेत, शशिशर्मा अर्याल, किरण नेपाली, चन्द्रलाल तामाङ, राम के.सी., सुसान्त के.सी., केदारनाथ आचार्य, रजनी खत्री, पुष्कर के. सी., गान्दिप के.सी., कृष्णकुमार श्रेष्ठ, 
नविनराज पाण्डे, विश्वनाथ वाग्ले, राजकुमार के. सी., प्रनिसा के.सी., सिर्जना श्रेष्ठ, अनु श्रेषठ, जयराम श्रेष्ठ,सनिला श्रेष्ठ, जया अर्याल, रामराजा के. सी. लगायत सेतिदेवी मा. वि. का सम्पूर्ण शिक्षक तथा ससेली साहित्यिक प्रतिष्ठानका सदस्यहरू र।अन्य ५० जना भन्दा बढीको उपस्थितिमा कार्यक्रम सम्मपन्न भएको थियो ।
कार्यक्रम सेतिदेवी मा. वि. मा भएको थियो भने कार्यक्रम सञ्चाला संस्थाकी सदस्य सबिता के. सी. ले गरेकी थिइन् ।,















