लक्ष्मीपूजाको अबसर पारेर निगमले पेट्रोल र डिजेलको मूल्य घटायो
निगमको सञ्चालक समितिको बसेको बैठकको निर्णय बमोजिम बिहिबार राति १ बजेबाट लागूहुने गरी पेट्रोल र डिजेलमा गरी १ रुपैयाँको दरले घटाइएको हो ।
निगमका अनुसार मट्टितेलमा २ रुपैयाँ , हवाई इन्धन ३ रुपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिण्डर ५५ रुपैयाँले बढेर आएपनि अहिलेलाई हालको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।
दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ४९ रुपैयाँ तोकिएको छ । निगमले तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५० रुपैयाँ कायम गरिएको निगमले उल्लेख गरेको छ । त्यस्तै निगमको डिपो कार्यालय देखि १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा विक्रि मूल्य कायम गरिएको छ ।












