दुवइमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

दुवइमा देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

   २०८१ कार्तिक १७ गते  

“धर्म नभुलौं संस्कार नभुलौं, जुन कुनामा रहेपनि नेपाल नभुलौं” भन्ने उद्देश्यको साथ् वैदिक सनातन धर्मावलम्बीहरुको महान पर्व तिहारको पावन अवसरमा आईतवार २७, अक्टुवर २०२४ का दिन दुवइ सहरको बरदुवई स्थित ब्ल्यु प्लालेस रेस्टुरेन्टको सभा हलमा  गौशाला तथा गुरुकुल सहयोगार्थ लक्ष्मी पूजा भजन कृतन, देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम भव्यताको साथ् सम्पन्न गरेको छ।

उक्त कार्यक्रमको  प्रमुख अतिथि  रुपमा युएइमा लामो समय देखि नेपालीहरुका सुख दुखको सारथी एवं नेपाली समाज युएइका अध्यक्ष बेद प्रसाद अर्यालले आसन गरि पानसमा बत्ति बालेर उद्घाटन गर्नु भयको थियो ।

सनातन गौ संरक्षण अभियान युएईका अध्यक्ष सागर दाहालको सभापतित्वमा सस्थाका सल्लाहकार युवराज भट्टराई र वरिष्ठ उपाध्यक्ष लक्ष्मी शर्माले संयोजन गर्नु भएको कार्यक्रम सचिव सुनिता शर्मा ज्युले संचालन गर्नुभएको थियो।

कार्यक्रममा युएईमा रहेका थुप्रै संस्थाका संस्था प्रमुख ज्युहरु समाजसेवी व्यक्तित्वहरु एवं बैदिक सनातन धर्म लाइ माया गर्ने भक्त सज्जनहरुको बाक्लो उपस्थिति रहेको थियो।  अतिथि तथा भक्त सज्जनहरुलाई वरिष्ठ उपाध्यक्ष लक्ष्मी शर्माले स्वागत गर्नु भएको थियो।

देश बिदेश जहाँ रहेपनि हामिले हाम्रो धर्म संस्कार संस्कृती भुल्न हुदैन भन्ने उद्देश्यका साथ आयोजना गरियको कार्यक्रममा ज्योतिषाचार्य गुरु श्री कुश्माखर न्यौपाने ज्यु र गणेश गैरे ज्युले विधिवत पुजा सम्पन्न गर्नु भएको थियो ।

युएईलाइ  कर्मथलो बनाएर बस्नु भएका चर्चित कलाकारहरु सुस्मिता रेग्मी, अर्जुन न्यौपाने, कमल परियार, मिना भण्डारी, अमृत दर्जी, बिन्दु पाण्डे लागाएतका कलाकारहरुको जोडदार देउसी भैलो एवम सांकृतिक प्रस्तुति अनि उद्घोषक सुरेन्द्र परियारको लोभलाग्दो उदघोषण सैलीमा दर्शकहरु मज्जाले रमाउदै एक आपसमा खुशी बाडिरहेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अथिति बेद प्रसाद अर्यालले परदेशमा पनि संस्थाले धर्म संस्कार र संस्कति जगेर्ना गर्दै नेपालमा गुरुकुल र गौशालाहरुमा पुर्यायको योगदानको प्रसंशा गर्नु भएको थियो।

त्यसैगरी संस्थाका प्रमुख सल्लाहकार रमेश न्यौपाने हिन्दुजागारण नेपाल युएईका अध्यक्ष भूमिराज कडेल र कार्यक्रम संयोजक युवराज भट्टाई लगाएतले शुभकाना मन्तव्य मार्फत जहां रहेपनि आफ्नो धर्म संस्कार संस्कृति जोगाउन सव एक हुनुपर्नेमा जोड दिनु भएको थियो।

संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष सागर दाहालले आफ्नो शुभकामना मन्तव्य मार्फत यो कार्यक्रम सफल बनाउन आर्थिक नैतिक भौतिक सहयोग गर्नुहुने सम्पूर्णलाइ एकमुष्ठ धन्यबाद दिदै सबैको साथ र सहयोगले आफ्नो धर्म संकार र संस्कृति जोगाउन हौसला मिलेको र आउदा दिनहरुमा सबैको यस्तै साथ सहयोग र समर्थनको अपेक्षा गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो। अन्त्यमा  नेपाली परिकारहरु सेल रोटि अचार र खिरको स्वाद अनि  कलाकारहरुको प्रस्तुतिमा रमाउदै गर्दा परदेशमा पनि स्वदेशको झल्को दर्शकहरुमा प्रस्ट देख्न सकिन्थ्यो।

यसका साथै कार्यक्रम सफल बनाउन बिशेस योगदान गर्नुहुने व्यक्तित्व हरु गान्देव घिमिरे, एकनारायण रेग्मी, पार्वता सिग्देल , रमेश न्यौपाने, केशव भट्टराई , युवराज भट्टराई , लक्ष्मी शर्मा  बेदप्रसाद अर्याललाई सम्मान गरिएको थियो।

सनातन गौ संरक्षण अभियान युएइ कि निबर्तनमा अध्यक्ष रमा पन्त ले यस सस्था ले नेपालमा रहेका करिव १२ वटा गुरु कुल र २२ वटा गौशालालाई आर्थिक सहयोग गरेको साथै आगामी दिन अझ सहयोग गर्ने बताउनु भयो |

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै