सल्यानमा मिनी ट्रक दुर्घटनामा हुँदा तीन जनाको मृत्यु – Sagarmathapana:: Online News Portal

सल्यानमा मिनी ट्रक दुर्घटनामा हुँदा तीन जनाको मृत्यु

   २०८१ कार्तिक १३ गते  

काठमाडौं – सल्यानमा धान र पराल बोकेको  मिनी ट्रक दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । मिनी ट्रक  साँझ ६ बजे आसपासको समयमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी १३ वर्षिया सृजना बस्नेत, १४ वर्षीय गोवर्धन खड्का र १२ वर्षीय अनिल भण्डारीको मृत्यु भएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनले बताउनुभयो । पुनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भिर घाईते भएका तीन जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसिपुर पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी रेसम बहादुर खत्रीले जानकारी दिनुभयो ।

घाइते ६ जनाको पालिकाले सञ्चालन गरेको आधारभुत अस्पतालमा उपचार भैरहेको छ । दुर्घटना भएको मिनी ट्रक सडकबाट १ सय ५० मिटर तल खसेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै