दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ पराजित – Sagarmathapana:: Online News Portal

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल २–१ पराजित

   २०७८ भाद्र २० गते  

काठमाडौ । भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो ।

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भारतका लागि फारुख चौधरी र सुनिल क्षेत्रीले एक–एक गोल गरेका थिए । फारुख चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए ।दोस्रो हाफमा दुई गोलले पछि परेको स्थितिमा नेपालले गोल फर्काएको हो । नेपालका मिडफिल्डर तेज तामाङले गोल गरेका थिए। थप गोल हुन नसकेपछि नेपाल दोस्रो खेलमा पराजित भएको हो ।

पहिलो खेलमा भने नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए । आगामी साफ च्याम्पियनसिपको तयारीस्वरुप नेपाल र भारतले मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै