पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने – Sagarmathapana:: Online News Portal

पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने

   २०८३ बैशाख ३० गते  

काठमाडौं ।Nepal Tourism Board ले भारतीय पर्यटकलाई नेपाल प्रवेशमा नयाँ प्रतिबन्ध लगाइएको भन्ने भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बोर्डले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यम र अनलाइन प्लेटफर्ममा फैलाइएको सूचना पूर्ण रूपमा गलत, आधारहीन र भ्रमपूर्ण रहेको स्पष्ट पारेको हो।

बोर्डका अनुसार भारत–नेपाल सीमा पार गर्दा भारतीय नागरिकलाई अनिवार्य परिचयपत्र चाहिने, नेपालमा बसाइ अवधि ३० दिनमा सीमित गरिएको वा अवधि नाघेमा सवारीसाधन जफत गरिने जस्ता दाबीहरू सत्य नभएका उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपाल सरकारले भारतीय पर्यटकको बसाइ अवधि सीमित गर्ने कुनै नयाँ नीति लागू नगरेको र नेपाल–भारतबीच लामो समयदेखि कायम खुला सीमा व्यवस्था तथा द्विपक्षीय समझदारीमा कुनै परिवर्तन नगरिएको स्पष्ट पारिएको छ।

पर्यटन बोर्डले नेपाल र भारतबीचको ऐतिहासिक जनस्तरको सम्बन्ध, सांस्कृतिक निकटता र पर्यटन सहकार्य यथावत् सुदृढ रहेको जनाएको छ।

यसैबीच सरकारले हालै भारतीय तथा अन्य विदेशी पर्यटकलाई स्थलमार्गबाट निजी सवारीसाधनसहित नेपाल प्रवेश गर्न सहज बनाउन नयाँ अनलाइन प्रणाली सुरु गरेको पनि बोर्डले जानकारी दिएको छ। अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागले विकास गरेको उक्त डिजिटल प्रणालीमार्फत अस्थायी प्रवेश अनुमति र राजस्व भुक्तानी अब अनलाइनबाटै गर्न सकिने व्यवस्था गरिएको छ।

पर्यटन बोर्डले सञ्चारमाध्यम, पर्यटन व्यवसायी तथा सर्वसाधारणलाई अपुष्ट सूचना नफैलाउन र पर्यटन नीति तथा यात्रा सम्बन्धी जानकारीका लागि सरकारी आधिकारिक स्रोतमा मात्रै भर पर्न आग्रह गरेको छ।

विज्ञप्तिमा नेपाल भारतीय तथा विश्वभरका पर्यटकका लागि सुरक्षित, मैत्रीपूर्ण र स्वागतयोग्य गन्तव्य रहेको उल्लेख गर्दै नेपाल सरकारले सहज सीमा आवतजावत, दिगो पर्यटन प्रवर्द्धन र गुणस्तरीय पर्यटक अनुभव सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै