नदी किनाराका सुकुम्बासी बस्तीबारे उज्यालो नेपाल पार्टीको सरकारलाई मानवीय समाधानको आग्रह – Sagarmathapana:: Online News Portal

नदी किनाराका सुकुम्बासी बस्तीबारे उज्यालो नेपाल पार्टीको सरकारलाई मानवीय समाधानको आग्रह

   २०८३ बैशाख १२ गते  

काठमाडौं।काठमाडौं उपत्यकाका नदी किनारामा बसोवास गर्दै आएका सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीप्रति उज्यालो नेपाल पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीले राज्यले संवैधानिक तथा न्यायिक मर्मको सम्मान गर्दै मानवीय, व्यवस्थित र न्यायोचित समाधान अघि सार्नुपर्ने माग गरेको हो।

उज्यालो नेपाल पार्टीका अनुसार आवासको मौलिक हक, सामाजिक न्याय र मानवअधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएकाले वास्तविक सुकुम्बासीको पहिचान गरी दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक रहेको जनाएको छ।

पार्टीले सरकार, स्थानीय तह, नागरिक समाज तथा सुकुम्बासी समुदायबीच संवाद र सहमतिका आधारमा समस्या समाधान गर्न आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै