साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै – Sagarmathapana:: Online News Portal

साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल आज भारतसँग प्रतिस्पर्धा गर्दै

   २०८१ कार्तिक ११ गते  

काठमाडौँ- साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह बी को विजेता र भारत समूह ए को उपविजेता बनेपछि यी दुई टोलीको भेट अन्तिम चारमा नै भएको हो ।

अहिलेसम्म भएका साफका ६ संस्करणमध्ये भारत र नेपालले समान पाँच-पाँच पटक फाइनल खेलेका छन् । तर नेपाल उपाधि नजिक पुगेर रोकिँदा भारतको नाममा सर्वाधिक ५ पटक च्याम्पियन बनेको कीर्तिमान छ ।

अघिल्लो पटक नेपालले भारतलाई सेमिफाइनलमै रोकेको थियो । के नेपाल लगातार दोस्रो पटक भारतको चुनौती पन्छाउन सफल होला ?

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै