क्यानले आइसीसी विश्वकप लिग-२ को सिरिजका टिमको घोषणा गरे
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा अमेरिका र स्कटल्याण्डविरुद्ध खेल्ने आइसीसी विश्वकप लिग-२ को सिरिजका लागि टिमको घोषणा गरेको छ ।
नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राक्दै क्यानले पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपालले सिरिजको पहिलो खेल आइतबार राति अमेरिकाविरुद्ध खेल्दै छ भने अक्टोबर २९ मा स्कटल्याण्डसँग, नोभेम्बर २ मा फेरी अमेरिकासँग र नोभेम्बर ४ मा फेरी स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।
नेपाली टिम
रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, ललित राजबंशी र सन्दीप लामिछाने रहेका छन् ।












