६ वर्षपछि लोकप्रिय क्राइम सिरिज सीआईडी प्रसारण सुरु हुने
मुम्बई ।६ वर्षपछि सोनी टिभीको लोकप्रिय क्राइम सिरिज सीआईडी सानो पर्दामा फर्कँदैछ।
सोनी टिभीको इन्स्टाग्राम पेजमा सीआईडीको टिजर रिलिज भएको छ, जसलाई हेरेर सबै उत्साहित भएका छन् ।
प्रोमोमा शिवाजी साटम उर्फ एसीपी प्रद्युमनको झलक देखिन्छ। पानी परिरहेका बेला उनी हातमा छाता लिएर गाडीबाट बाहिर निस्केको देखिन्छ । उनले आफ्नो अगाडि केहि देख्छन्, जसलाई देखेपछि उनको अनुहारको नै रङ नै बदलिन्छ ।
यो भिडियो दर्शकमाझ निकै भाइरल भइरहेको छ । सीआईडी टिभीमा प्रसारण हुने सबैभन्दा लामो क्राइम ड्रामा शो हो। सोनी टिभीले सेयर गरेको प्रोमोको क्याप्सनमा लेखिएको छ- ‘आफ्नो क्यालेन्डरमा चिन्ह लगाउनुहोस्, २६ अक्टोबरमा एक विस्फोटक प्रोमो ड्रप हुनेछ।’
स्रोतले पिंकभिलालाई दिएको जानकारी अनुसार सीआईडीको सुटिङ नोभेम्बर महिनाबाट मुम्बईमा सुरु हुनेछ। यो शोका लागि निर्माताले दर्शकबाट निरन्तर माग पाइरहेका थिए । लामो ब्रेकपछि राम्रो स्क्रिप्ट तयार भएको छ । यसमा दयानन्द शेट्टी पनि देखिनेछन् । बाँकी कलाकार पनि उस्तै रहनेछन् ।
६ वर्षपछि शो डिसेम्बरदेखि क्रिसमसको अवसरमा टिभीमा प्रसारण सुरु हुने बताइएको छ ।












