वसन्तपुर दरबार क्षेत्रमा एक हजार कलाकारको सामूहिक धिमे नृत्य प्रस्तुति – Sagarmathapana:: Online News Portal

वसन्तपुर दरबार क्षेत्रमा एक हजार कलाकारको सामूहिक धिमे नृत्य प्रस्तुति

   २०८१ कार्तिक ४ गते  

काठमाडौँ । पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको २०२४ को अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको छ । वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको हो ।

यो कार्यक्रमको आयोजना काठमाडौं दरबार स्क्वायर पर्यटन सम्वद्र्धन संघले गरेको हो । हजार बढी कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘एक हजार बढी कलाकारले सामूहिक धिमे नृत्य प्रस्तुति दिनुभएको छ ।’ विश्व पर्यटन विदस २०२४ को अवसरमा पर्यटक र शान्ति विशेष कार्यक्रम देशभरका कलाकारको उपस्थितिमा गरिएको संघका अध्यक्ष दिनेश सुवालले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै