मलेसियामा सबैभन्दा बढी न्यूनतम तलब १७ सय रिङ्गेट पुग्यो
काठमाडौं। वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले मलेसियामा सबैभन्दा बढी न्यूनतम तलब १७ सय रिङ्गेट अर्थात करिब ५३ हजार नेपाली रुपैयाँ प्राप्त गर्ने बताईएको छ ।
मलेसियामा सबै क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम तलब बढेको छ । अर्थमन्त्री समेत रहेका मलेसियाका प्रधानमन्त्री अनवर इव्राहिमले संसद्मा आगामी आर्थिक वर्षको बजेट हिजो पेस गर्दै श्रमिकको न्यूनतम तलब वृद्धि भएको घोषणा गर्नुभएको हो ।
वृद्धि भएको पछिल्लो तलब मेलेसियन नागरिक र आप्रवासी श्रमिकलाई समानरुपमा लागू हुने त्याँहाको सरकारले जनाएको छ । बढेको तलब आउँदो फेबु्रअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इब्राहिमले बताउनुभयो । मेलेसियामा सन् २०२२ देखि न्यूनतम तलब १५ सय रिङ्गेट अर्थात ४७ हजार रुपैयाँ थियो ।
साउदी अरब, यूएई, कुवेतलगायत देशले न्यूनतम तलब तोकेका छैनन् । जसले गर्दा ती देशमा जाने श्रमिकको करारपत्र फेरबदल हुँदै आइरहेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले मलेसियामा सबैभन्दा बढी न्यूनतम तलब प्राप्त गर्ने बताईएको छ । यस्तै खाडी मुलुकमा कतारले मात्रै एक हजार रियाल अर्थात ३४ हजार रुपैयाँ निर्धारण गरेको छ ।












