काठमाडौं।भारतका लागि नवनियुक्त नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । बिहीबार नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राजदूत पाण्डेले राष्ट्रपति मुर्मुलाई आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला राजदूत पाण्डे दुई दिनअघि नै नयाँ दिल्ली पुगेका थिए । जिम्मेवारी सम्हालेको छोटो समयमै उनले ओहदाको प्रमाणपत्र बुझाउने अवसर पाएका हुन् ।
प्रधानमन्त्री शाह आगामी आइतबार भारतको दुई दिने औपचारिक भ्रमणमा जाने कार्यक्रम रहेको छ । भ्रमण सम्पन्न गरी उनी सोमबार स्वदेश फर्किनेछन् ।
प्रधानमन्त्रीको भारत भ्रमणलाई मध्यनजर गर्दै नयाँ राजदूतले कार्यभार सम्हालेसँगै कूटनीतिक गतिविधिले तीव्रता पाएको देखिएको छ ।






