काठमाडौं।राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ को तयारीलाई तीव्रता दिएको छ। प्रतियोगिता आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको छ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले प्रतियोगिताको तयारीबारे जानकारी गराएका हुन्।
मन्त्री मल्लले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न भइरहेका तयारी तथा कर्णाली प्रदेशको भूमिकाबारे पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।
कर्णाली प्रदेशमा आयोजना हुन लागेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले खेलकुद क्षेत्रको विकाससँगै प्रदेशको खेलकुद पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहनेछ।







