EN
मेनु
Flash News

बजाज पल्सर NS सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाट

काठमाडौं।बजाज पल्सरले आफ्नो लोकप्रिय NS सिरिजका लागि रविन्द्र ढाटलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ। युवा पुस्तामाझ प्रदर्शन, आत्मविश्वास र बोल्ड शैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले ढाटलाई ब्रान्डसँग जोडिएको कम्पनीले जनाएको छ।

पल्सर NS सिरिजलाई विशेषगरी स्पोर्टी डिजाइन, प्रदर्शन र युवामैत्री विशेषताका कारण लक्षित बजारमा प्रस्तुत गरिँदै आएको छ।ढाटको ऊर्जाशील व्यक्तित्व र युवामाझको प्रभावलाई पल्सर NS सिरिजको ब्रान्ड पहिचानसँग जोडेर नयाँ पुस्तासम्म पुग्ने लक्ष्य लिइएको बताइएको छ।

बजाज पल्सरले पछिल्लो समय नेपाली युवाबीच आफ्नो ब्रान्ड उपस्थिति थप बलियो बनाउँदै आएको छ। नयाँ ब्रान्ड एम्बेसडरसँगको सहकार्यले NS सिरिजको प्रवर्द्धन तथा युवा लक्षित अभियानलाई थप गति दिने अपेक्षा गरिएको छ।

पल्सर NS सिरिज र रविन्द्र ढाटको सहकार्यले युवा पुस्तामाझ प्रदर्शन, आत्मविश्वास र बोल्ड एटिट्युडको सन्देशलाई थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने कम्पनीको विश्वास छ।