काठमाडौं।नेपाल सरकारका सचिवमा पदोन्नति हुनुभएका रुद्रसिंह तामाङले नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ।
तामाङलाई नयाँ जिम्मेवारीका लागि बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ। हाल इन्धन आपूर्ति तथा वितरणमा देखिएको असहजता समाधान गर्न उहाँको नेतृत्व प्रभावकारी हुने विश्वास व्यक्त गरिएको छ।
इन्धनको नियमित आपूर्ति, सहज वितरण तथा उपभोक्ताले भोग्दै आएका समस्या समाधानमा नयाँ नेतृत्वले प्राथमिकताका साथ काम गर्ने अपेक्षा गरिएको छ।
तामाङको नेतृत्वमा नेपाल आयल निगमले इन्धन आपूर्ति व्यवस्थालाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वाससमेत व्यक्त गरिएको छ।
नयाँ जिम्मेवारीका लागि तामाङलाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामना प्राप्त भइरहेको छ।


