भोटेकोशी बाढीका मृतकको सम्मानमा आज देशभर राष्ट्रिय शोक – Sagarmathapana:: Online News Portal

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज देशभर राष्ट्रिय शोक

   २०८३ भाद्र २२ गते  

काठमाडौं।रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ।

भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आज नेपालभरका सम्पूर्ण सरकारी कार्यालयमा राष्ट्रिय झन्डा आधा झुकाइएको छ। विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूमा समेत राष्ट्रिय झन्डा आधा झुकाएर मृतकप्रति सम्मान व्यक्त गरिँदैछ।

विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। सरकारले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।

यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइएको छ भने बेपत्ताको खोजी तथा प्रभावित नागरिकको पुनःस्थापनाका लागि सम्बन्धित निकायहरू सक्रिय छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै