नाडा अटो शोको तयारी अन्तिम चरणमा,भृकुटीमण्डपमा स्टल निर्माण तीव्र – Sagarmathapana:: Online News Portal

नाडा अटो शोको तयारी अन्तिम चरणमा,भृकुटीमण्डपमा स्टल निर्माण तीव्र

   २०८३ भाद्र ७ गते  


काठमाडौं।‘१८औँ नाडा अटो शो २०२६’ नजिकिँदै गर्दा काठमाडौंको भृकुटीमण्डपमा स्टल निर्माणको काम तीव्र गतिमा भइरहेको छ।

भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् भने यात्रुवाहक, हल्का व्यावसायिक र दुईपांग्रे गरी ५३ वटा सवारी ब्रान्ड सहभागी हुँदैछन्।


प्रदर्शनीमा विद्युतीय सवारी, नयाँ अटोमोबाइल प्रविधि, अटो पार्ट्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्स, चार्जिङ पूर्वाधार, बैंक तथा बीमा सेवाहरू प्रदर्शन गरिनेछ।

नाडाको ५०औँ स्थापना वर्षको स्वर्ण जयन्ती संस्करण भएकाले यसपटकको अटो शोलाई थप व्यवस्थित, प्रविधिमैत्री र आकर्षक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै