नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा पुनः कुमार ब्लोन तामाङ – Sagarmathapana:: Online News Portal

नेपाल राष्ट्रिय जातीय संग्रहालयको अध्यक्षमा पुनः कुमार ब्लोन तामाङ

   २०८३ भाद्र ७ गते  

काठमाडौं।नेपाल राष्ट्रिय जातीय संग्रहालयको साधारणसभा–२०८३ तथा अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति निर्वाचित भएको छ।

अधिवेशनबाट कुमार ब्लोन तामाङ पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ। त्यस्तै, रणबहादुर थामी प्रथम उपाध्यक्ष, गंगामाया धिमाल द्वितीय उपाध्यक्ष, इन्दिरा जिमी महासचिव, ई. सानु बाबु प्रजापति सचिव, रुपबहादुर योञ्जन कोषाध्यक्ष र भीमप्रसाद योङहाङ सह–कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।


सदस्यमा गोविन्दराम चेपाङ, बिलाम मोक्तान, राधाकृष्ण बस्नेत, डा. पशुपति न्यौपाने, प्रा.डा. धनबहादुर कुँवर, कृष्णाकुमारी सुब्बा, उर्केन दोर्जे लामा, हरिचन छन्त्याल र टंकप्रसाद पाण्डे निर्वाचित हुनुभएको छ।

नेपालको बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थापित संग्रहालयको नयाँ कार्यसमितिमा विभिन्न जातजातिको प्रतिनिधित्व समेटिएको छ।

नवनिर्वाचित समितिले आगामी तीन वर्षमा विभिन्न समुदायका भाषा, संस्कृति, कला, परम्परा, भेषभूषा, जीवनशैली तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, अभिलेखीकरण र पुस्तान्तरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

निर्वाचन मण्डलमा वरिष्ठ अधिवक्ता गौबहादुर आलेमगर संयोजक तथा अधिवक्ता दिलकुमारी राई र अधिवक्ता नारायणप्रसाद आचार्य सदस्य रहनुभएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै