ग्यास नपाउँदा पढाइ प्रभावित भएको भन्दै नेविसंघको प्रदर्शन
काठमाडौं।खाना पकाउने ग्यासको अभावले विद्यार्थीको दैनिक जीवन तथा पढाइ प्रभावित भएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंगलबार काठमाडौंको त्रिचन्द्र क्याम्पसबाहिर विरोध प्रदर्शन गरेको छ।
![]()
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले खाली ग्यास सिलिन्डर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले पढ्ने समयमा खाना पकाउने ग्यास खोज्दै लाइनमा बस्नुपर्ने अवस्था आएको भन्दै तत्काल सहज रूपमा ग्यास उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

नेविसंघले ग्यासको अभावका कारण विद्यार्थीको अध्ययन प्रभावित हुनुका साथै सर्वसाधारणले समेत लामो समयसम्म सास्ती खेप्नुपरेको जनाएको छ। प्रदर्शनका क्रममा सहभागीहरूले खाली सिलिन्डर बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए।
विद्यार्थीहरूले बजारमा देखिएको ग्यास अभाव तत्काल समाधान गरी नियमित र सहज आपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।













