काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त, बुधबार विदाइ – Sagarmathapana:: Online News Portal

काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सेवा निवृत्त, बुधबार विदाइ

   २०८३ श्रावण २१ गते  

काठमाडौं।काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा गएका छन्। महानगरपालिकाले बुधबार आयोजित एक कार्यक्रममार्फत उहाँलाई औपचारिक विदाइ गरेको हो।

नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८१ भदौ २७ गतेको निर्णयअनुसार गुरागाईँले २०८१ असोज ७ गते काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदभार ग्रहण गरेका थिए। करिब दुई वर्षको कार्यकालमा उहाँले महानगरको प्रशासनिक नेतृत्व, नीति, योजना तथा कार्यक्रम कार्यान्वयन र संस्थागत व्यवस्थापनमा भूमिका निर्वाह गर्नुभएको थियो। 

विदाइ कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरागाईँको प्रशासनिक नेतृत्व, कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय तथा नीति कार्यान्वयनमा दिएको योगदान महानगरले सधैं स्मरण गर्ने बताइन्। 

विदाइ मन्तव्यमा गुरागाईँले आफ्नो करिब ३२ वर्षभन्दा बढीको निजामती सेवा अवधिमध्ये काठमाडौँ महानगरपालिकामा बिताएको समय सबैभन्दा स्मरणीय रहेको उल्लेख गर्दै सबैसँगको सहकार्यप्रति आभार व्यक्त गरेका थिए। 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै