निर्माण व्यवसायी महासङ्घ कर्णालीको अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित – Sagarmathapana:: Online News Portal

निर्माण व्यवसायी महासङ्घ कर्णालीको अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित

   २०८३ श्रावण २१ गते  

सुर्खेत।निर्माण व्यवसायी महासङ्घ, कर्णाली प्रदेशको अध्यक्षमा मानव बम निर्विरोध निर्वाचित भएका छन्। वीरेन्द्रनगरमा सम्पन्न महासङ्घको सातौँ साधारण सभा तथा तेस्रो प्रदेश अधिवेशनबाट मंगलबार उनी अध्यक्षमा चयन भएका हुन्।

नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा तुलाराज शाही, सचिवमा नवीन कुमार थापा, कोषाध्यक्षमा मनोज कुमार सिंह तथा सहकोषाध्यक्षमा शिमिला खड्का निर्विरोध निर्वाचित भएका छन्। त्यसैगरी अन्य चार सदस्य पनि निर्विरोध चयन भएका छन्।

महासङ्घका अनुसार वरिष्ठ उपाध्यक्ष र महासचिव पदमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएपछि ती दुवै पद हाल रिक्त रहेका छन्। नयाँ नेतृत्वले निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा प्रदेशमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै