एआईबाट बनेका सामग्रीमा अनिवार्य लेबल, ईयूको नयाँ नियम लागू
काठमाडौं।युरोपेली सङ्घ (ईयू) ले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार गरिएका तस्बिर, भिडियो, अडियो र टेक्स्टमा अनिवार्य रूपमा लेबल लगाउनुपर्ने नयाँ नियम लागू गरेको छ। आइतबारदेखि लागू भएको व्यवस्थाअनुसार एआईबाट सिर्जना गरिएको सामग्री स्पष्ट रूपमा चिनिने गरी उल्लेख गर्नुपर्नेछ।

![]()

नयाँ नियमले कम्पनीहरूलाई प्रयोगकर्ताले एआई च्याटबटसँग संवाद गरिरहेको वा एआईद्वारा सिर्जना गरिएको सामग्री हेरिरहेको जानकारी दिन अनिवार्य गरेको छ। साथै, यस्ता सामग्रीमा डिजिटल वाटरमार्क पनि समावेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
![]()
![]()
नियम उल्लङ्घन गर्ने कम्पनीलाई अधिकतम १ करोड ५० लाख युरो वा वार्षिक विश्वव्यापी कारोबारको ३ प्रतिशतसम्म जरिबाना हुन सक्नेछ।
ईयूका अनुसार यो व्यवस्था फेक कन्टेन्ट र डिपफेकको दुरुपयोग रोक्दै अनलाइन पारदर्शिता तथा लोकतन्त्रको संरक्षण गर्न लागू गरिएको हो।
















