महानगर प्रहरीमा बढुवा, तीन अधिकृतले पाए नयाँ जिम्मेवारी – Sagarmathapana:: Online News Portal

महानगर प्रहरीमा बढुवा, तीन अधिकृतले पाए नयाँ जिम्मेवारी

   २०८३ श्रावण २० गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाको महानगर प्रहरी बलमा कार्यरत तीन जना प्रहरी अधिकृत पदोन्नति भएका छन्।

महानगर प्रहरी बलका नगर प्रहरी नायव उपरीक्षक (डीएसपी) शिवलाल पौड्याल र पूर्णचन्द्र भट्ट नगर प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा भएका छन्। त्यसैगरी, नगर प्रहरी निरीक्षक (इन्सपेक्टर) रामेश्वर उपाध्याय नगर प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा पदोन्नति भएका छन्।

बढुवा भएका अधिकृतहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।

महानगरपालिकाले पदोन्नतिसँगै महानगर प्रहरी बलको कार्यसम्पादनलाई अझ प्रभावकारी, अनुशासित र सेवामुखी बनाउने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै