ब्रोड पिक हिमपहिरोमा कीर्तिमानी नेपाली आरोही पुरबहादुर गुरुङको निधन – Sagarmathapana:: Online News Portal

ब्रोड पिक हिमपहिरोमा कीर्तिमानी नेपाली आरोही पुरबहादुर गुरुङको निधन

   २०८३ श्रावण १५ गते  

काठमाडौं।पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमालमा आएको विनाशकारी हिमपहिरोमा परी कीर्तिमानी नेपाली पर्वतारोही पुरबहादुर गुरुङको निधन भएको पुष्टि भएको छ। घटनाले नेपाली पर्वतारोहण क्षेत्रलाई गम्भीर क्षति पुगेको छ।

पुरबहादुर गुरुङ अनुभवी र साहसी पर्वतारोहीका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँले १० पटक सगरमाथाको सफल आरोहण गर्नुका साथै २८ पटक आठ हजार मिटरभन्दा अग्ला हिमालहरू सफलतापूर्वक आरोहण गर्दै नेपाली पर्वतारोहणको इतिहासमा उल्लेखनीय योगदान पुर्‍याउनुभएको थियो।

ब्रोड पिकमा आएको भीषण हिमपहिरोपछि अन्तर्राष्ट्रिय आरोही टोली प्रभावित भएको थियो। उद्धार टोलीले खोज तथा उद्धार कार्य जारी राखिरहेको भए पनि चार जनाको शव फेला परेको र मृतकमध्ये पुरबहादुर गुरुङ पनि रहेको पुष्टि भएको हो।

उहाँको असामयिक निधनप्रति पर्वतारोहण समुदाय, शुभचिन्तक तथा देशभरबाट गहिरो शोक व्यक्त गरिएको छ। साहस, समर्पण र कीर्तिमानी यात्राका लागि पुरबहादुर गुरुङ सधैं नेपाली पर्वतारोहण इतिहासमा सम्मानका साथ सम्झिइरहनेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै