धुर्मुस’ लामो समयपछि फिल्ममा फर्किए – Sagarmathapana:: Online News Portal

धुर्मुस’ लामो समयपछि फिल्ममा फर्किए

   २०८१ आश्विन ९ गते  

काठमाडौं  हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ लामो समयपछि फिल्ममा फर्किएका छन्। उनी झण्डै पाँच वर्षपछि फिल्म ‘लाज शरणम्’ मा देखिदैँछन्।

धुर्मुसले केही दिनअघि फिल्म ‘लाज शरणम्’ को केही सुटिङ गरेको जानकारी दिए। धेरैपछि फिल्मको सेटमा फर्किँदा निकै खुसी लागेको उनको भनाइ छ।

‘यस फिल्ममा मेरो एकदम राम्रो भूमिका छन्। केही दिनअघि मात्रै मेरो भागको केही सुटिङ सकेँ। अब बाँकी सुटिङ भने दसैँपछि हुनेछ,’उनले नेपालखबरसँग भने।

यस फिल्मको सुटिङ यतिखेर डोल्पामा धमाधम भइरहेको छ।

अन्तिमपटक २०७६ को फागुनमा कट्टेलको मुख्य भूमिका रहेको फिल्म ‘सेन्टिभाइरस’ रिलिज भएको थियो। त्यसपछि उनले श्रीमती कुञ्जना घिमिरे सुन्तलीसँगै मिलेर ‘म त मर्छु कि क्या हो’ वेब सिरिज ल्याउँदै आएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै