नेपाल एपीएफ स्कुलको ११ करोड हिनामिना प्रकरणमा लेखा प्रमुख र उनका प्रेमी पक्राउ – Sagarmathapana:: Online News Portal

नेपाल एपीएफ स्कुलको ११ करोड हिनामिना प्रकरणमा लेखा प्रमुख र उनका प्रेमी पक्राउ

   २०८३ असार २१ गते  

काठमाडौं।कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलको करिब ११ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा विद्यालयकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी लीलाबहादुर लामा पक्राउ परेका छन्। घटनाबारे सम्बन्धित निकायले विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार इन्स्पेक्टर गुरुङले विद्यालयको रकम प्रेमी लीलाबहादुर लामासँग सम्बन्धित कम्पनीका विभिन्न बैंक खातामा स्थानान्तरण गरी उक्त रकम मिटर ब्याजमा लगानी गरेको आरोप लागेको छ। अनुसन्धानका क्रममा आर्थिक कारोबारका कागजात र बैंकिङ विवरणसमेत परीक्षण भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर रकम हिनामिना, आर्थिक कारोबारको प्रकृति तथा त्यसमा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा थप अनुसन्धान भइरहेको छ। अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै