भन्सार प्रणाली आधुनिकीकरण गर्न एडीबीको ५ करोड डलर ऋण स्वीकृत,व्यापार सहजीकरणमा जोड – Sagarmathapana:: Online News Portal

भन्सार प्रणाली आधुनिकीकरण गर्न एडीबीको ५ करोड डलर ऋण स्वीकृत,व्यापार सहजीकरणमा जोड

   २०८३ असार २१ गते  

काठमाडौं।Asian Development Bank (एडीबी) ले नेपालको भन्सार प्रशासनलाई आधुनिक बनाउने तथा व्यापार र ढुवानी प्रणाली (ट्रेड लजिस्टिक्स) सुधार गर्ने उद्देश्यले ५ करोड अमेरिकी डलर (करिब ५० मिलियन डलर) बराबरको नीतिगत ऋण स्वीकृत गरेको छ।

एडीबीका अनुसार उक्त कार्यक्रममार्फत भन्सार प्रणालीमा डिजिटल प्रविधिको प्रयोग विस्तार गरिने, जोखिममा आधारित निरीक्षण प्रणाली लागू गरिने तथा भन्सार प्रक्रिया थप सरलीकृत बनाइनेछ। यसबाट सीमामा हुने भन्सार जाँच छिटो हुने, व्यापार लागत घट्ने र आयात–निर्यात प्रक्रिया सहज बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले नेपालको व्यापार प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै निर्यात विस्तार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा व्यापारमैत्री वातावरण निर्माणमा सहयोग पुर्‍याउने लक्ष्य लिएको एडीबीले जनाएको छ।

एडीबीका अनुसार सुधारका यी उपायबाट विशेषगरी साना तथा मझौला उद्योग (एसएमई) ले प्रत्यक्ष लाभ पाउने, रोजगारीका अवसर बढ्ने तथा समावेशी आर्थिक वृद्धिमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।

यता नेपाल सरकारले पनि भन्सार प्रशासनलाई प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्यका साथ विभिन्न सुधार कार्यक्रम अघि बढाइरहेको जनाएको छ। सरकारका अनुसार अन्तर्राष्ट्रिय व्यापारलाई सहज, सुरक्षित र प्रतिस्पर्धी बनाउन डिजिटल प्रणालीको विस्तार र संस्थागत सुधारलाई प्राथमिकता दिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै