दार्जिलिङमा नेपाली फुटबल स्टार प्रीति राईलाई भव्य सम्मान
काठमाडौं।नेपाली महिला फुटबल टोलीकी चर्चित खेलाडी तथा “नेपाली मेसी” उपनामले परिचित प्रीति राईलाई भारतको दार्जिलिङमा भव्य स्वागत तथा सम्मान गरिएको छ।
सम्मान कार्यक्रममा पी. एस. गोले तथा राजु बिष्टले प्रीति राईलाई सम्मान गर्दै नेपाली महिला फुटबलमा उनले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो। उहाँहरूले प्रीति राईको प्रतिभा, मेहनत र समर्पणले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।


सम्मान ग्रहणपछि प्रीति राईप्रति शुभकामना व्यक्त गर्दै उहाँको आगामी खेल यात्रामा अझ बढी सफलता मिलोस् भन्ने कामना गरिएको थियो। कार्यक्रममा नेपाल–भारतबीच खेलकुद सम्बन्ध र आपसी मित्रतालाई थप मजबुत बनाउन यस्ता सम्मान तथा सहकार्यले सकारात्मक योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।
नेपाली महिला फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी प्रीति राईलाई प्राप्त यो सम्मानले नेपाली खेलकुद क्षेत्रको प्रतिष्ठा अझ उचो बनाएको खेलप्रेमीहरूले बताएका छन्। साथै, नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय मञ्चमा सम्मान र प्रोत्साहन प्रदान गरेकोमा सिक्किम सरकार र दार्जिलिङका प्रतिनिधिप्रति आभार व्यक्त गरिएको छ।












