नेपाल टेलिकमको नयाँ सदस्यता–आधारित सेवा आजदेखि,मासिक प्याकेज स्वतः नवीकरण हुने – Sagarmathapana:: Online News Portal

नेपाल टेलिकमको नयाँ सदस्यता–आधारित सेवा आजदेखि,मासिक प्याकेज स्वतः नवीकरण हुने

   २०८३ असार १५ गते  

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले सरकारको १०० दिने कार्यसूचीअन्तर्गत सेवा प्रवाहलाई थप सहज बनाउने उद्देश्यले नेपाल टेलिकमले आजदेखि सदस्यता–आधारित नयाँ सेवा सुरु गरेको जानकारी दिएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत मन्त्री तिमल्सिनाले नयाँ व्यवस्थाअनुसार प्रिपेडसहित सबै प्रकारका टेलिकम ग्राहकका लागि विभिन्न मासिक प्याकेज उपलब्ध गराइने बताएका हुन्।

उनका अनुसार एकपटक सदस्यता (Subscribe) लिएपछि प्रत्येक महिना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने झन्झट हट्नेछ। सेवा स्वतः नवीकरण हुने व्यवस्थाले ग्राहकलाई थप सहजता प्रदान गर्ने विश्वास गरिएको छ।

नेपाल टेलिकमले नयाँ सदस्यता–आधारित प्याकेजका शुल्क, उपलब्ध सुविधा तथा अन्य सेवा–सम्बन्धी प्रावधानको विस्तृत विवरण आजै सार्वजनिक गर्ने जनाएको छ।

सरकारले डिजिटल सेवा विस्तार र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै ल्याएको यो व्यवस्था दूरसञ्चार सेवाग्राहीका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै