धान रोपेर र दही–चिउरा खाएर देशभर मनाइँदै राष्ट्रिय धान दिवस – Sagarmathapana:: Online News Portal

धान रोपेर र दही–चिउरा खाएर देशभर मनाइँदै राष्ट्रिय धान दिवस

   २०८३ असार १४ गते  

काठमाडौं ।आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस देशभर धान रोपेर तथा दही–चिउरा खाएर उल्लासका साथ मनाइँदै छ। यो दिनलाई धान रोपाइँको शुभारम्भ तथा नेपाली कृषि परम्पराको प्रतीकका रूपमा लिइन्छ।  

मनसुनसँगै किसानहरू खेतमा धानको बिरुवा रोप्न व्यस्त छन्। विभिन्न स्थानमा हिलो खेल्ने, असारे गीत गाउने र सामूहिक रूपमा दही–चिउरा खाने परम्पराले धान दिवसलाई सांस्कृतिक उत्सवका रूपमा समेत स्थापित गरेको छ।  

नेपाल सरकारले कृषि उत्पादन वृद्धि, किसानको सम्मान तथा खाद्य सुरक्षाको सन्देश प्रवाह गर्ने उद्देश्यले २०६१ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालेको हो। धान नेपालको प्रमुख खाद्यान्न बाली भएकाले यस दिनले कृषि र अर्थतन्त्रमा धानको महत्त्वलाई पनि उजागर गर्दछ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै