लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई पत्यार नलागेको संसदीय समितिले सहकारी ठगीको पुष्टि – शेरबहादुर देउवा – Sagarmathapana:: Online News Portal

लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई पत्यार नलागेको संसदीय समितिले सहकारी ठगीको पुष्टि – शेरबहादुर देउवा

   २०८१ आश्विन ३ गते  

काठमाडौं-  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी छानबिन समितिको अध्ययनपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताउनुभएको छ । ललितपुरको सानेपास्थित केन्द्रिय कार्यालयमा आज ’एक महिने विशेष अभियान’को शुभारम्भ गर्दै सभापति देउवाले लामिछानेले सहकारी ठगी गरेको विषय सुरुमा आफूलाई पत्यार नलागेको र अहिले संसदीय समितिले सहकारी ठगीको पुष्टि गरेको बताउनुभयो ।

संसद्मा रास्वपा सभापतिबारे कंग्रेसले उठाएका प्रश्नहरु अहिले प्रमाणित भएको देउवाको दाबी थियो । रास्वपा सभापति लामिछानेले सहकारी रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको भन्दै पार्टीका महामन्त्री गगन थापालाई सो विषय उठान गरी समिति बनाउन खेलेको भूमिकाप्रति देउवाले धन्यवाद समेत दिनुभयो । उहाँले रवि लामिछाने चलाख मान्छे भएको भन्दै पार्टी महामन्त्री थापाले उठाएका आवाजहरु सही भएको समेत उल्लेख गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै