गरिमा विकास बैंकको नाफा बढ्यो, ईपीएस २३.२१ रुपैयाँ पुग्यो – Sagarmathapana:: Online News Portal

गरिमा विकास बैंकको नाफा बढ्यो, ईपीएस २३.२१ रुपैयाँ पुग्यो

   २०८३ बैशाख १५ गते  

काठमाडौं।Garima Bikas Bank Limited ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा र प्रतिशेयर आम्दानी (ईपीएस) दुवैमा उल्लेखनीय सुधार भएको जनाएको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा ७१ करोड ४ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ७३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४.८७ प्रतिशतले बढेर २ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ पुगेको छ। यस्तै, सञ्चालन आम्दानी ८.३९ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ पुगेको छ। सञ्चालन मुनाफा पनि ४४ प्रतिशतले बढेर १ अर्ब ५१ करोड १६ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

६ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४४ करोड रुपैयाँ सञ्चिति रहेको छ। वितरणयोग्य मुनाफा ७८.९६ प्रतिशतले बढेर ६२ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

यससँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) १७.२२ रुपैयाँबाट बढेर २३.२१ रुपैयाँ पुगेको छ। खराब कर्जा अनुपात सामान्य घटेर ४.७७ प्रतिशत कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६७.५८ रुपैयाँ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै