मिस इन्डिया मल्टिमिडिया २०२६ को उपाधि Dikila Sherpa लाई
काठमाडौं।“झिमझिमाउने आँखा” गीतबाट चर्चा कमाएकी मोडल दीकिला शेर्पाले Miss India Multimedia 2026 को उपाधि जित्न सफल भएकी छन्। सिक्किम निवासी शेर्पाले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै निर्णायकमण्डलको मन जितेकी हुन्।
संगीत भिडियो र मोडलिङ क्षेत्रमा पहिल्यै स्थापित पहिचान बनाइसकेकी उनले सौन्दर्य प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय मञ्चमा थप सफलता हासिल गरेकी छन्। उनको यस उपलब्धिले नेपाल–सिक्किम क्षेत्रका प्रतिभालाई विश्वस्तरमा चिनाउने अवसर अझ बलियो बनाएको छ।
प्रतियोगितामा विभिन्न देश तथा क्षेत्रका प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा भएको थियो। त्यसबीच पनि आत्मविश्वास, प्रतिभा र प्रस्तुतीकरणका कारण शेर्पा उत्कृष्ट सावित भएकी हुन्।
उनको जितसँगै सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ। फ्यान तथा शुभेच्छुकहरूले उनको सफलतालाई गर्वको विषयका रूपमा लिएका छन्।
उनको आगामी यात्रा अझ सफल रहोस् भन्ने कामनासहित धेरैले शुभेच्छा व्यक्त गरेका छन्।












