डोङफेङ भोयाले सार्वजनिक गर्‍यो नयाँ Taishan X8 SUV – Sagarmathapana:: Online News Portal

डोङफेङ भोयाले सार्वजनिक गर्‍यो नयाँ Taishan X8 SUV

   २०८३ बैशाख ५ गते  

काठमाडौं-चिनियाँ अटोमोबाइल कम्पनी Dongfeng Motor Corporation अन्तर्गतको प्रिमियम ब्रान्ड Voyah ले आफ्नो नयाँ ठूलो SUV Taishan X8 सार्वजनिक गरेको छ। पाँच सिट क्षमताको यो गाडी इलेक्ट्रिक (EV) र प्लग–इन हाइब्रिड (PHEV) दुवै संस्करणमा उपलब्ध हुने बताइएको छ।

Taishan X8 को PHEV संस्करणले अधिकतम ३१० किलोमिटर सम्मको EV रेन्ज दिने दाबी गरिएको छ। यसमा करिब ६५ kWh ब्याट्री प्याक प्रयोग गरिएको छ, जसको आपूर्ति CATL ले गर्ने सम्भावना छ।

Screenshot

त्यस्तै, पूर्ण EV संस्करणमा १२० kWh सम्मको ब्याट्री विकल्प रहनेछ, जसले यसलाई ब्रान्डकै सबैभन्दा ठूलो इलेक्ट्रिक SUV बनाउने अपेक्षा गरिएको छ।

यो गाडी Huawei को नयाँ पुस्ताको HarmonyOS ककपिट इकोसिस्टम प्रयोग गर्ने पहिलो मोडल हुने दाबी गरिएको छ।
इन्टेरियरमा डुअल १५.६ इन्च 2K इन्फोटेनमेन्ट स्क्रिन राखिएको छ, जसको ब्राइटनेस १००० निटसम्म पुग्छ र यी स्क्रिनहरू अलग–अलग वा एकसाथ सञ्चालन गर्न सकिन्छ।

Taishan X8 को डिजाइन फ्ल्यागशिप Taishan सँग मिल्दोजुल्दो भए पनि यसमा क्रोम प्रयोग कम गरिएको छ।
गाडीको साइज:लम्बाइ: ५२०० मिमी,चौडाइ: २०२५ मिमी,उचाइ: १८१४ मिमी,ह्विलबेस: ३०९० मिमी

यसमा 800V प्लेटफर्म र 5C फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध हुनेछ।

Taishan X8 ले चीनको प्रतिस्पर्धात्मक EV बजारमा BYD का Bao 8, Zeekr का 8X तथा Huawei–सम्बद्ध Aito M8 जस्ता मोडलसँग प्रतिस्पर्धा गर्नेछ।

यसको मूल्य हालसम्म सार्वजनिक नभए पनि फ्ल्यागशिप Taishan भन्दा सस्तो हुने अनुमान गरिएको छ, जसको मूल्य करिब ५५,००० देखि ७४,००० अमेरिकी डलर दायरामा छ।

Voyah को वेबसाइटमा यो मोडललाई “Titan X8” नामले उल्लेख गरिएको पाइएकाले अन्तर्राष्ट्रिय बजारमा यही नाम प्रयोग हुन सक्ने संकेत गरिएको छ।

कम्पनीका अनुसार २०२६ को मध्यबाट अर्डर बुकिङ खुल्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै