पासाङ डीकी शेर्पा फेमिना मिस इन्डिया २०२६ मा सिक्किमको प्रतिनिधित्व गर्दै
काठमाडौं।पासाङ डीकी शेर्पा (डीकीला शेर्पा) ६१औँ फेमिना मिस इन्डिया २०२६ मा सिक्किम राज्यको प्रतिनिधित्व गर्ने गरी चयन भएकी छिन्। उनको चयनसँगै अन्तर्राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा सिक्किमको उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
आगामी १८ अप्रिल २०२६ मा भारतको भुवनेश्वर, ओडिशामा आयोजना हुने उक्त प्रतिष्ठित प्रतियोगितामा देशभरका विभिन्न राज्यका प्रतिभाशाली प्रतिस्पर्धीहरू सहभागी हुनेछन्। डीकीला शेर्पाले आफ्नो प्रतिभा, आत्मविश्वास र प्रस्तुतिमार्फत उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।
उनको सहभागिताले सिक्किमसहित समग्र हिमाली क्षेत्रका युवतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।












