अष्ट्रेलियाबाट बिन्दुको नयाँ गीत ‘जिन्दगी के छ र’ सार्वजनिक
काठमाडौं।अष्ट्रेलियालाई कर्मथलो बनाउँदै नेपाली गीत–संगीतमा सक्रिय सर्जक बिन्दु पौडेलको नयाँ गीत ‘जिन्दगी के छ र’ सार्वजनिक भएको छ। लामो समयदेखि प्रवासमा रहेर पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी पौडेलले यसपटक जीवनका यथार्थ र अनुभूति समेटिएको गीत दर्शक–श्रोतामाझ ल्याएकी हुन्।

अष्ट्रेलियामा बसेर नेपाली कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय पौडेल ‘दिदीबहिनी इभेन्ट्स’की प्रमुखसमेत हुन्। उनले नेपालबाट कलाकारहरूलाई अष्ट्रेलिया लगेर विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएकी छन्, जसले प्रवासी नेपाली समुदायमा सांस्कृतिक सम्बन्ध बलियो बनाउन सहयोग पुर्याएको छ।


नयाँ गीत ‘जिन्दगी के छ र’ मा गायक शिव हमालले स्वरमा साथ दिएका छन्। गीतको भिडियोमा स्वयं बिन्दु पौडेलसँगै चर्चित कलाकार सागर लम्साल (बले) को अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी तथा निर्देशन प्रकाश भट्टले गरेका छन्।
गीतले जीवनका उतारचढाव, संघर्ष र भावनात्मक पक्षलाई सरल शब्द र संगीतमार्फत प्रस्तुत गरेको छ। प्रवासमै बसेर पनि नेपालीपनलाई जोगाउँदै सिर्जनामा निरन्तर लागिरहेकी बिन्दुको यो प्रयासलाई दर्शक–श्रोताबाट सकारात्मक प्रतिक्रिया मिल्ने अपेक्षा गरिएको छ।
अष्ट्रेलियाबाट बिन्दुले भनिन ‘ ज़िन्दगी के छ र
प्रबासमा रहेर नेपाली गीत – संगीतमा लागि परेकी एक सर्जक हुन बिन्दु पौडेल ।
लामो समयदेखी अष्ट्रेलियालाई कर्मथलो बनाउंदै आएकी बिन्दुले अष्ट्रेलियाबाटै नेपाली गीत – संगीतलाई निरन्तरता दिंदै आइरहेकी छिन । यसै क्रममा यो साता उनले जिन्दगी के छ र बोलको गीत बजारमा ल्याएकी छिन ।
अष्ट्रेलियाको दिदी बहिनी इभेन्ट्सकी प्रमुख बिन्दु त्यहां नेपालबाट कलाकारहरू लगेर सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने आयोजकको रूपमा पनि अरूभन्दा अगाडि छिन । अष्ट्रेलियामा स्थापित र बिशिष्ट पहिचान बनाएकी बिन्दु को यो नयां गीतमा शिब हमालले स्वरमा साथ दिएका छन ।
गीतको भिडियोमा गायिका पौडेल र कलाकार सागर लम्साल ( बले ) को अभिनय रहेको छ । भिडियोको कोरियोग्राफर र निर्देशन भने प्रकाश भट्टको रहेको छ । गितको लिंक https://youtu.be/TyLLnGHI9Bk












