कथा लेखन कार्यशालाको तेस्रो संस्करण सम्पन्न,उत्कृष्ट १० जना उन्नत प्रशिक्षणमा छनोट – Sagarmathapana:: Online News Portal

कथा लेखन कार्यशालाको तेस्रो संस्करण सम्पन्न,उत्कृष्ट १० जना उन्नत प्रशिक्षणमा छनोट

   २०८२ फाल्गुन १९ गते  

काठमाडौं।चलचित्र विकास बोर्डको सहयोगमा नेपाल फिल्म क्याम्पसद्वारा आयोजित “चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला” को तेस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ।

तीन संस्करणमा सम्पन्न उक्त कार्यशालामा कुल ७५ जना प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। फिल्म लेखन क्षेत्रमा नयाँ प्रतिभा खोज्ने उद्देश्यसहित सञ्चालन गरिएको कार्यशालामा सहभागीहरूले कथा निर्माणका आधारभूत संरचना, पात्र विकास, द्वन्द्व निर्माण तथा सिनेमाटिक प्रस्तुतिका विषयमा प्रशिक्षण लिएका थिए।

सहभागीमध्ये उत्कृष्ट कथा लेखन क्षमता प्रदर्शन गर्ने १० जनालाई छनोट गरिएको छ। उनीहरूलाई आगामी दिनमा विशेष पटकथा लेखन सम्बन्धी उन्नत कार्यशालामा सहभागी गराइने चलचित्र विकास बोर्ड दिनेश डीसीले जानकारी दिए।

अध्यक्ष डीसीका अनुसार नेपाली चलचित्र क्षेत्रमा मौलिक र सशक्त कथावस्तुको आवश्यकता बढ्दै गएकाले यस्ता कार्यक्रममार्फत नयाँ लेखक उत्पादन गर्ने लक्ष्य लिइएको छ।

तस्बिर:चलचित्र विकास बोर्डको आधिकारिक फेसबुक पेज

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै