अप्रिलबाट ‘नेपाल आइडल जुनियर’को सुरुवात प्रतिभा खोजीको नयाँ अध्याय सुरु – Sagarmathapana:: Online News Portal

अप्रिलबाट ‘नेपाल आइडल जुनियर’को सुरुवात प्रतिभा खोजीको नयाँ अध्याय सुरु

   २०८२ फाल्गुन १७ गते  

अप्रिलको पहिलो हप्तादेखि ‘नेपाल आइडल जुनियर’ प्रसारण हुने

काठमाडौं।एपी वान टेलिभिजन ले लोकप्रिय रियालिटी शो नेपाल आइडल को नयाँ संस्करण ‘नेपाल आइडल जुनियर’ अप्रिलको पहिलो हप्तादेखि प्रसारण गर्ने भएको छ।आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो।

हाल ‘नेपाल आइडल जुनियर’ का लागि डिजिटल अडिसन सञ्चालन भइरहेको छ। डिजिटल अडिसनबाट छनोट भएका प्रतिभाहरूलाई मेगा अडिसनमार्फत जज राउन्डमा सहभागी गराइने जनाइएको छ।

आयोजकका अनुसार, ‘नेपाल आइडल’ ले नेपाली संगीत क्षेत्रमा उदीयमान तथा लुकेका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ। सोही सफल यात्रालाई निरन्तरता दिँदै ‘नेपाल आइडल जुनियर’ लाई अझ विशेष र प्रभावशाली बनाउने लक्ष्य राखिएको छ।

यस सिजनको निर्णायक मण्डलमा सुगम पोखरेल, सुवानी मोक्तानअस्मिता अधिकारी रहनेछन्।प्रस्तोताका रूपमा डा. शरिसा श्रेष्ठ र गायक महेश काफ्ले रहने जानकारी दिइएको छ।

त्यस्तै, ट्यालेन्ट हेड तथा म्युजिक डाइरेक्टरका रूपमा मीन गुरुङ र कार्यक्रम निर्देशकका रूपमा एलेन श्रेष्ठ रहेका छन्।

सन् २०१७ देखि सुरु भएको ‘नेपाल आइडल’ का हालसम्मका विजेताहरूमा बुद्ध लामा, रवि ओड, सज्जा चौलागाईं, भूपेन्द्र थापा मगर, करण परियारगङ्गा सोनम रहेका छन्।

यसपटक ‘नेपाल आइडल जुनियर’ को भोटिङ पार्टनरका रूपमा खल्ती रहेको छ। कार्यक्रम अप्रिलको पहिलो हप्तादेखि एपी वान टेलिभिजनमार्फत प्रसारण हुने जनाइएको छ। आयोजकले समयानुकूल केही नवीनता र परिमार्जनसहित दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै