पत्रकार आचारसंहिता र निर्वाचन रिपोर्टिङबारे अभिमुखीकरण सम्पन्न जिम्मेवार, तथ्यपरक र निष्पक्ष समाचार सम्प्रेषणमा जोड
काठमाडौं।Federation of Nepali Journalists द्वारा आयोजना गरिएको “निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिता पालनासम्बन्धी” एक दिने अभिमुखीकरण कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघको पुस्तकालय हलमा आयोजित कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको सहभागिता रहेको थियो। कार्यक्रममा आसन्न निर्वाचनको सन्दर्भमा पत्रकारले निर्वाह गर्नुपर्ने भूमिका, तथ्यमा आधारित रिपोर्टिङ, गलत सूचना नियन्त्रण तथा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे छलफल गरिएको थियो।

वक्ताहरूले निर्वाचन जस्तो संवेदनशील समयमा सञ्चारमाध्यमको भूमिका अझ जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले सत्य, सन्तुलित र प्रमाणमा आधारित समाचारले मात्रै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउने धारणा व्यक्त गरे।
कार्यक्रममा सहभागी पत्रकारहरूले निर्वाचन अवधिमा आउने चुनौती, सामाजिक सञ्जालमा फैलिने भ्रामक सूचना तथा त्यसको व्यवस्थापनबारे अनुभव आदान–प्रदान गरेका थिए। आयोजकले यस्तो अभिमुखीकरणले पत्रकारलाई व्यावसायिक रूपमा अझ सक्षम बनाउने विश्वास व्यक्त गरेका छन्।












