संखुवासभामा स्काभेटर चालकको ढुंगाले किचेर मृत्यु, ८ महिना अघि हेलिकप्टर दुर्घटनाबाट जोगिएका राईको दुःखद अन्त्य
संखुवासभा।संखुवासभा जिल्लाको भोटखोला गाउँपालिका वडा २ छुजुङ खोला जलविद्युत परियोजनामा काम गर्ने सांग्रीला उर्जा कम्पनिका स्काभेटर चालको ढुंगा लागेर मृत्यु भएको छ ।
फागुन ३ गते चालकलाई ढुंगाले थिचेर घटनास्थलमै मृत्यु भएको कुरा जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा चिचिला गाउँपालिका– २, दिदिङ आहाले घर भएका ३८ वर्षीय देवराज राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जानकारी दिए।

प्रहरीका अनुसार भोटखोला गाउँपालिका– २, सानो याकखर्कमा निर्माणाधीन छुजुङखोला जलविद्युत् परियोजना जाने बाटो खन्ने क्रममा ३ गते दिउँसो माथिबाट झरेको ढुंगाले किचेर चालक राईको घटनास्थलमै मृत्यु भएको जनाएको छ । स्थानीयले जानकारी दिए अनुसार जिजिबुङ भन्ने स्थानमा स्काभेटर माथी ढुंगा लागेर चालकको मृत्यु भएको जानकारी दिए ।
घटनापछी ईलाका प्रहरी कार्यालय हेदांङ्नाबाट प्रहरी पुगेका थिए । आवस्यक कानुनी प्रक्रिया पूरा गरि पोष्टमार्टमको लागि जिल्ला अस्पताल सदरमुकाम ल्याएको प्रहरीले जानकारी दिए । पोस्टमार्टमपछी दाहसंस्कार भएको प्रहरीले बताए ।
यस विषयमा थप जानकारी लिन खाँदवारीमा रहेका सांग्रीला उर्जा कम्पनीका कर्मचारी याम राउतसंग पटकपटक मोबाईलमा सम्पर्क गर्दा फोन काटिएपछी संवाद हुनसकेन ।

छुजुङ खोलालाई स्थानीयले आस्थाको रुपमा लिइदै आएको छ । जहाँ निर्माणकार्य गर्दा अनिष्ट हुने अकालमा मृत्यु हुने स्थानीयलाई पिर्ने भन्दै परियोजना संचालन नगर्न आग्रह गर्दै आएको छ । यस बिचमा सांग्रीला उर्जा कम्पनी र स्थानीय पटकपटक विवादमा आएका छन । स्थानीयले कृषि मार्ग भनेर दिएकोमा कम्पनिको गाडी कुदाउन नदिने भन्दै अवरोध गरिदै आएको छ ।
करिब ८ महिनाअघि सांग्रीला उर्जाको सामान ओसारपसार गर्ने क्रममा हेलिकप्टर दुर्घटना हुनबाट बचेका थिए । सामान झारेर पर्किने क्रममा जाली रुखमा अडिएर जालिभित्र रहेको चौरिको घ्यु,दूध,लगायतका सामान अड्केर जंगल भिरमा खसेका थिए ।












